logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको आन्तरिक विवाद समाधान समितिको बैठकः देउवा र पौडेलसँग छलफल गर्ने


अंकुरण खबर
949
Shares

काठमाडौं – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद हल गर्न बनेको समितिको बैठक बसेको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बैठक बसेको हो ।

उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु हृदयराम थानी र दिलेन्द्रप्रसाद बडु सम्मिलित समितिले विवाद समाधान गर्नेगरी विकल्प तयार पारेको जनाइएको छ ।

तर, सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नेगरी बैठक सकिएको छ ।

१४औं महाधिवेशनको मिति बैठकको एजेण्डामा नपरेको भन्दै बरिष्ठ नेता पौडेलले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्दै आएका छन् । सभापति देउवाले भने महाधिवेशनको कार्यतालिका भन्दा पनि विभाग गठन, संघीयताअनुसार, संगठन निर्माण र भातृ संगठनहरुको व्यवस्थापनको प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन् ।