logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएका १२ जना सकुशल फर्किए


अंकुरण खबर
1.547K
Shares

जुम्लाको शेरा फूलबारी पाटन क्षेत्रबाट बेपत्ता भएका १२ जना नै घर फर्केका छन् ।

जडिबुटी संकलन गर्ने क्रममा चारदिनदेखि बेपत्ता तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका बासिन्दा सोमबार बिहान घर फर्केका हुन् । उनीहरु तीन दिन लगातार हिडेर तिला आइपुगेको स्थानीयले जानकारी दिए ।

चार दिनदेखि हराइरहेको भन्दै खोजीका लागि हेलिकप्टरसहित जाने तयारी भइरहेकै बेला उनीहरु घर फर्किएका हुन । बाक्लो हिउँ परेका कारण यसअघि उनीहरुको खोजतलास र उद्धार कठिन बनेको थियो । कर्णाली प्रदेश सरकार र स्थानीय प्रशासनले हेलिकप्टरबाट खोजी गर्न गृहमन्त्रालयलाई आग्रह गरेको थियो ।

सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न त्यसक्षेत्रका बासिन्दा पाटनतर्फ जाने गर्छन् । पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका २६ वर्षीय बीनबहादुर बोहोराको भने चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको थियो ।