logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहानैदेखि उपत्यकाको आकाशमा हुस्सु, मौसम दिउँसो खुल्छ?


अंकुरण खबर
2.028K
Shares

काठमाडौं – बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका केही पहाडी क्षेत्रमा मौसम पूर्ण बदली भएको छ । अर्थात् आकाश पूरै बादलले ढाकेको छ।

मौसममा खासै उल्लेखनीय प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुका कारण काठमाडौं उपत्यकासहित बदली र कुहिरो लागेको  हो । यस्तै तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो लागेको छ । बिहान लागेको हुस्सु र कुहिरो तथा बादल दिउँसो हट्ने मौसमविदले जानकारी दिएका छन् ।

मंगलबार दिनभर देशको पूर्वी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ । यस्तै राति भने देशभरको मौसम सफा हुने जनाइएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएकोमा दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्ने सम्भावना छ ।