logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अज्ञात समूहद्वारा एकै रात पर्साको ११ ठाउँमा आगलागी


अंकुरण खबर
1.56K
Shares

पर्साको पोखरिया नगरपालिकाका ११ स्थानमा गएराति आगजनी भएको छ।

मोटरसाइकमा आएका दुई जनाको समूहले पोखरियाको ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।

मध्य राति उनीहरुले घर अगाडि राखिएका परालका कुन्यू र एक पान पसलमा आगजनी गरेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए।

अज्ञात समूहले वडा नम्बर ४ पोखरियामा रहेको प्रेम रामको पान पसलमा आगजनी गर्दा एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन। आगजनीमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।