काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन २ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
मंगलबार छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर ७१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।