logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ


अंकुरण खबर
975
Shares

काठमाडौं – उपनिर्वाचनमा कास्की-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ लिएकी छिन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपाका प्रमुख सचेतक देव गुरुङ लगायतको उपस्थिति थियो ।

भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् । विद्या हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।