धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा सोमबार राति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केदारटोलमा बस्ने ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार राति शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारे ।
उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिए पनि उनको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।