इतिहासमै पहिलो पटक पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
विशेष अदालतको तीन-सदस्यीय इजलासले पूर्व सैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो ।
आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’
पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले आज उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००७ मा संविधान निलम्बित गरेको भन्दै देशद्रोहको मुद्दामा अदालतले फैसला सुनाएको हो ।
तत्कालिन सैन्यप्रमुख तथा राष्ट्रपति मुसर्रफ सन २०१६ देखि युएईको दुबईमा बस्दै आएका छन् । मुसर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा सत्ता आफ्नो हातमा लिएर नेतृत्व गरेका थिए ।