काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से १.२६ अंकले वृद्धि हुँदा परिसूचक ११५५.३७ बिन्दुमा पुगेको छ ।
कुल १६७ वटा कम्पनीको ८ लाख ४० हजारभन्दा बढी कित्ता शेयर २७ करोड ९२ रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज परिसूचक बढे पनि कारोबार रकम र शेयर संख्या भने अघिल्लो दिनको तुलनामा भारी मात्राले घटेको छ । आज कारोबारमा आएका सबैमध्ये बैकिङ, होटल, वित्त र उत्पादन समूह घटेका छन् । बाँकी सबै समूह बढेका छन् ।
आज पनि एनएमबि बैंकको शेयर कारोबार ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल फाइनन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।