उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरी ९जवान०का प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् ।
न्यायाधीश घिमिरेको शुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् । जनकपुरको भैरव चोकमा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।
प्रहरी जवान केवटले नै आफ्नो हतियार ‘हराएको’ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा ‘जानकारी’ गराएकी थिइन् । हतियार हराएको सूचनाकै आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी जवान केवटमाथि अनुसन्धान थालेको छ । अहिले प्रहरी जवान केवट धनुषा प्रहरीको नियन्त्रणमा छिन् ।