काठमाडौं – नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरीको तीनवर्षे कार्यकाल पुरा भएको छ ।
उनी पुस १५ गते मात्रै स्वदेश फर्किने छन् । भारतले नयाँ राजदूत को पठाउने भन्ने अहिलेसम्म यकिन भएको छैन ।
तर, नेपालका लागि नयाँ भारतीय राजदूतमा विकास स्वरूप, अखिलेश मिश्रासहितको नाम चर्चामा छ । राजदूत सिंहको बिदाईमा भारतीय दूतावासले मंगलबार विशेष कार्यक्रम गर्दैछ।