चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका-७ भालुटारमा गुडिरहेको गाडीले रोकिराखेको बाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
भालुटारस्थित भित्री सडक खण्डमा रोकिराखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाईकललाई भालुवाटारबाट पदमपुर तर्फ गईरहेको ना १ च ९४१२ नम्बरको डिआइ गाडीले मंगलबार बेलुकी ठक्कर दिएको हो ।
ठक्करबाट अनियन्त्रित भई गाडी पल्टिएपछि रत्ननगर नगरपालिका-१० का ३५ वर्षीय सुरज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी सोही गाडीमा सवार थिए।
पौडेलको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनामा परेको सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।