logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हतियारसहित रौतहटबाट तीन जना पक्राउ


अंकुरण खबर
1.326K
Shares

रौतहटबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।