logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डिजेल र मट्टीतेलको मूल्य बढ्यो


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँको दरले बढेको हो । नयाँ मूल्य अनुसार उपत्यकामा डिजेल र मटितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ पर्नेछ ।

भारतीय आयल कर्पोरेशनबाट १६ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।