logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवाहको आश्वासन देखाएर बलात्कार गर्ने युवक पक्राउ


अंकुरण खबर
1.183K
Shares

सप्तरी – विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ ।

घरमा अन्य कोही नभएका बेला गत मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो ।

मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ३० गते स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपितले भने आपसी सहमतिमा शारीरिक सम्बन्ध राखेको बताउँदै आएका छन् ।