logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य उकालो लाग्ने क्रम जारी


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बजारमा सुन १ सय रुपैयाँले बढेको हो ।

बुधबार नेपाली बजारमा छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।