भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा पासाङ तामाङसहित ७ जनालाई मंगलबार राति पक्राउ गरेको हो ।
नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक ताससहित महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।