logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित


अंकुरण खबर
2.665K
Shares

काठमाडौं – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभए पछि बैठक स्थगित भएको हो ।

संस्थापन र पौडेल समूहबीच सहमति नजुटेपछि बैठक पुस ४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेण्डा बनाउनुपर्ने पौडेल समूहको मागबारे सहमति नजुटेपछि कांग्रेस बैठक लगातार प्रभावित हुँदै आएको छ ।