काठमाडौं – संसदको हिँउदे अधिवेशन शुरु हुनुभन्दा एक दिन अगाडि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे १ बजेपछि बस्नेगरी बैठक बोलाइएको हो । संसदमा के के विषयलाई कसरी उठाउने, उठाउनु पर्ने विषयबस्तुहरु के के छन् भन्ने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस सांसद डा. डिला संग्रौलाले जानकारी दिए ।
संसदमा काँग्रेसका सांसदहरुको प्रस्तुती प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेकाले कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।