भक्तपुर मध्यपुर नगरपालिका-३ कौशलटार चोकमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा सिन्धुलीको मरिण नगरपालिका-५ घर भई हाल भक्तपुरको कटुञ्जे बस्ने ३४ वर्षीय साजन माझी रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान पौने ६ बजे बा ५८ प ४५२२ नम्बरको मोटरसाइकल र बा ४ ख २१६७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा माझी घाइते भएका हुन् ।
उनको गठ्ठाघर स्थित नागरिक अस्पतालमा उपचार भइरहेको छ ।