logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराको पुनरावेदनमा आज सुनुवाई हुँदै


अंकुरण खबर
1.443K
Shares

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध लागेको जबरजस्ती करणी अभियोगमा आज उच्च अदालतले सुनुवाई गर्दै छ ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा बिहीबार सुनुवाइ हुन लागेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै महरा डिल्लीबजार कारागारमा छन् ।

अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।