logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नातिकाजी श्रेष्ठको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै


अंकुरण खबर
1.794K
Shares

काठमाडौं – नेपाली गीत संगीतका अमर स्रष्टा नातिकाजी श्रेष्ठको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९९२ साल पुष ३ गते ललितपुरको पुल्चोकमा जन्मिएका नातीकाजी सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका थिए । उनका नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उनले संगीत दिएका पर लैजाउ फूलहरु, फूलको थुंगा बहेर गयो, सपना भुलाई सारा, उकाली ओरालीहरुमा लगायत गीत लोकप्रिय छन् ।

दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लाजिम्पाटमा विशेष कार्यक्रममा साथ सम्मान गरिने नातिकाजी स्मृति समाजका अध्यक्ष एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए ।

नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट नातिकाजीका समकालीन समबहादुर मल्ललाई सम्मान गरिँदै छ ।