logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको स्युचाटारबाट ५ जुवाडे पक्राउ


अंकुरण खबर
923
Shares

काठमाडौं – नागार्जुन नगरपालिका-९ स्युचाटारबाट ५ जना जुवाडे पक्राउ परेका छन् ।

स्थानीय सिताराम बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बुढाथोकीसहित ५ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

नगद १ लाख ७ हजार ५ सय १० रुपैयाँ र १ बुक ताससहित महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।