काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । नेप्से बिहीबार २.४२ अंकले घट्दा परिसूचक ११४९.६४ बिन्दुमा झरेको छ ।
आज नेप्सेमा कुल १७२ वटा कम्पनीको १२ लाख ८६ हजार कित्ता शेयर करिब ४१ करोड ९० लाख रुपैयामा कारोबार भएको छ । यस दिन परिसूचक घटे पनि कारोबार रकम र शेयर संख्या भने बढेको छ ।
आज कारोबारमा आएका समूहमध्ये व्यापार, होटल, हाइड्रोपावर, वित्त, उत्पादन र सामूहिक लगानी कोष समूहबाहेक सबै समूह घटेका छन् ।
आज पनि एनएमबि बैंकको शेयर कारोबार १२ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन नेपाल फाइनन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
दिश्वश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् ।