काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि विहीवार पुन डायलासिस गरिएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मिर्गौलामा समस्या देखिएपछि पछिल्लो समय प्रधानमन्त्रीको नियमित डायलासिस गर्न थालिएको छ ।