काठमाडौं – सरकारले नेपाल–भारतको सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ ।
आज नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन् ।
यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट थियो । चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुनेछन् ।
भारतले नेपालको भूमि समेटेर भारतले आफ्नो नक्सामा नेपालको भूमि समेटेपछि विवाद बढेको अवस्थामा सरकारले यस्तो निर्णय लिएको हो ।