logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ईंट्टा उद्योगहरु हटाउन माग गर्दै चन्द्रागिरी नगरपालिकामा तालाबन्दी


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – चन्द्रागिरी नगरपालिकाका क्षेत्रमा सञ्चालित ईंट्टा उद्योगहरु हटाउन माग गर्दै स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

ईंट्टाभट्टा पीडित मूल संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका स्थानीयले आज नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले ईंट्टा भट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भिर असर पारेकोले त्यस क्षेत्रमा सञ्चालित सबै ईंट्टा भट्टा हटाउनु पर्ने माग गर्दैं काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ०७२ सालदेखि हटाउन माग गर्दै आएपनि अहिलेसम्म नहटाइएकोले फेरी आन्दोलन गर्नुपरेको बताएका छन् ।