logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसमः कतै वर्षा, कतै हिमपात, तराईमा हुस्सु


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – देशको पश्चिमी र मध्य भूभाग लगायत पूर्वी पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै पश्चिमी भेगका उच्च पहाडी हिमाली भूभागमा हल्का हिमपात र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव देखिएको महाशाखाले जनाएको छ । अहिले मध्य तथा पूर्वी तराईँका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

पश्चिमी भूभाग लगायत पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको मौसमविदले बताएका छन् ।