logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पीपीएल: आज पोखरा र बुटबल तथा धनगढी र चितवन भिड्ने


अंकुरण खबर
1.144K
Shares

काठमाडौं – जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा आज (शुक्रबार) दुई खेल हुँदैछ ।

पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे शुरु भएको हो । जहाँ पोखरा र वुटबल भिड्नेछन् । साविक विजेता पोखरा ३ खेलमा १ जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ ।

अर्को खेलमा दिउँसो सवा १ बजे एक्सपर्ट धनगढी र चितवन राईनोज भिड्नेछन् । चितवन जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो ।

चितवन दुवै खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ । धनगढीले भने दुई खेलमा मात्र एक जित निकालेको छ।