पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा बुटवल ब्लास्टरले दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ८ विकेटले हराएको हो । पोखराले दिएको १२२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।
यसअघि बुटवल ब्लास्टरले पहिलो खेलमा काठमाडौंलाई हराएको थियो भने दोस्रो खेलमा चितवनसँग बुटवल ११९ रनले हारेको थियो ।