काठमाडौं – लामो समय देखि बिरामी प्रचण्डकी श्रीमती सीता दाहाल रामदेवको आश्रम भारतको हरिद्वारमा पुगेकी छन् ।
दाहाल पत्नी सीतालाई आयुर्वेदिक उपचारका लागि छोरी गंगा दाहालले भारतको हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी सामाजिक सञ्जालबाट गराएकी हुन् ।
बाबा रामदेव र आचार्य बालकृष्णले सीतालाई भेटेको तस्वीर पनि उनले पोष्ट गरेकी छन् । सीताका साथमा छोरी गंगा तथा पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।