logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख चयन प्रक्रिया : एक हप्तापछि देशले नयाँ सभामुख पाउने


अंकुरण खबर
676
Shares

काठमाडौं – शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाले एक साता पछि सभामुख पाउने घोषणा गरेको छ ।

अब सं‌सदको अर्को बैठक पुस ११ गते दिउँसो १ बजे बस्नेसमेत तय गरेको छ । भने यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ ।

पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।