logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राउन सुगरसहित ३ जना पक्राउ


अंकुरण खबर
2.652K
Shares

कञ्चनपुरमा ब्राउन सुगरसहित कैलालीका ३ जना पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका – ५ का २० वर्षीय सुभाष भट्ट, सोही ठाउँका २३ वर्षिय पुरन धामी र २४ वर्षिय लक्ष्मण कडायतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

बुधबार साँझ जिल्लाको पुनर्वास नगरपालिकाबाट २ ग्राम ब्राउन सुगर सहित कारमा सवार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु सवार बा ५ च ७९३७ नम्बरको कार समेत बरामद गरिएको छ ।

तीनै जना विरुद्ध लागू औषध ऐन अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।