संखुवासभाको धर्मदेवी नगरपालिका–३ स्थित मुडे शनिश्चरेमा रहेको सगरमाथा टी स्टेटका म्यानेजर हर्क कुलुङ राईलाई लक्षित गरी गोली प्रहार भएको छ ।
बिहीबार राति १० बजेतिर कोठामा सुतिरहेको अवस्थामा नचिनेका मानिसको समूहले राईलाई लक्षित गरी गोली प्रहार गरेको संखुवासभाका प्रहरीले जनाएको छ ।
म्यानेजर राई भने सकुशल छन् । बाहिरबाट गोली चलाएपछि कोठामा नै लुकेर ज्यान बचाउन सफल भएको म्यानेजर राईले बताए । उनी सुत्ने कोठाको ढोका तोडफोड गरी हात छिराएर गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
व्यक्तिगत रिसइवीका कारण तर्साउनका लागि घटना घटाएको जस्तो देखिएको प्रहरीको भनाइ छ ।