logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा नागरिकता कानुन संशोधन सम्बन्धी विरोध प्रदर्शन हिंसात्मक :उत्तर प्रदेशमा शुक्रवार कम्तीमा छ जनाको मृत्यु


अंकुरण खबर
728
Shares

भारतमा नागरिकतासम्बन्धी कानुनको विरोध चर्किँदा शुक्रवार कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उत्तर प्रदेशका प्रहरी प्रमुख ओपी सिंहले रोएटर्स समाचारसंस्थालाई जनाएअनुसार शुक्रवार भएका हिंसात्मक प्रदर्शनको क्रममा ३२ जना घाइते भएका छन्।

आलोचकहरूले मुस्लिमविरोधी भनेको विवादास्पद नागरिकता कानुनको विरोध सुरु भएयता भारतका विभिन्न स्थानमा चर्किएका हिंसात्मक प्रदर्शनको क्रममा १३ जनाको ज्यान गइसकेको छ।

शुक्रवार उत्तर प्रदेशका पाँच जिल्लामा हिंसा भड्किएका विवरण आएको थियो। राजधानी दिल्लीको जामा मस्जिदबाहिर पनि हजारौँ मानिसले प्रदर्शन गरेका थिए । त्यहाँ तनाव भएपछि केही प्रदर्शनकारी घाइते भएका थिए। एउटा कार जलाइएको थियो र प्रहरीले भिडलाई तितरवितर पार्न पानीका फोहरा प्रयोग गरेको थियो। प्रदर्शनकारीहरू प्रहरीले बनाएको अवरोध नाघेर सडकमा आउने क्रम जारी छ।