logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रको मौसम कस्तो?


अंकुरण खबर
2.821K
Shares

काठमाडौं – देशभर अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर स्थानीय वायुको प्रभावका कारण केही स्थानमा आंशिक बदलीको अवस्था भने रहेको जनाइएको छ । विशेषगरी पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा रहे पनि तराई भूभागमा भने हुस्सु तथा कुहिरो लागेको मौसमविदले बताएका छन् ।

आइतबार दिनभर पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ।

यस्तै राति देशको पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।