प्रहरीले ठुलो परिणाममा अवैध सुनचाँदीको गरगहनासहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति चेकजाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडी बजारबाट सुनचाँदीको गरगहनासहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज राय रहेका छन् । भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।