logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘गुण्डा नाइके’ रमेश बाहुन समूहका सुटर कोटेश्वरबाट पक्राउ


अंकुरण खबर
3.575K
Shares

काठमाडौं – काठमाडौंको कोटेश्वरबाट प्रहरीले गुण्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाहुन समूहका ‘सुटर’दुर्गा राई रहेको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका टोलीले राईलाई कोटेश्वरबाट शनिबार पक्राउ गरिएको हो। विभिन्न व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्न थालेको जानकारी पाएपछि राईलाई पक्राउ गरिएको हो । राई यसअघि पनि पाँच वर्ष जेल बसेर छुटेका थिए ।

यस्तै, प्रहरीको ‘मोस्ट वान्टेड’गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । धिताललाई पेप्सीकोलाबाट पक्राउ गरिएको हो।

धाकधम्की दिएर असुली धन्दा चलाउने गरेको गुनासो आएपछि उनलाई पक्राउ गरेको जनाएको छ ।