logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरको बीच सडकमा शंकास्पद वस्तु फेला


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – जनकपुरमा आज विहान बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रसित बनेको छ ।

रहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको हो । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

उक्त वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन ठप्प भएको छ ।