logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस, चाबहिल क्षेत्र तनावग्रस्त


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार(आज) विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो। बसले ठक्कर दिएपछि आक्रोशित बनेका पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् ।

विद्यार्थीहरुले भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ ।

आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो । घाइते विद्यार्थी पन्तको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।