logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिग फुटबलः आर्मी र मनाङ तथा पुलिस र थ्रीस्टार भिड्दै


अंकुरण खबर
1.573K
Shares

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लब आमने–सामने हुनेछन् । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

आजै हुने दोस्रो खेल थ्री स्टार क्लब र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट हुनेछ ।

यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गरिसकेका छन । दुबै टिम शीर्ष स्थानको लागि भिड्नेछन् ।

पुलिस र थ्रीस्टारले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । दुबै टिम तीन अंक बटुल्ने दाउमा छन् ।