logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बसको ठक्करबाट घाइते छात्राको मृत्यु


अंकुरण खबर
2.496K
Shares

काठमाडौं – काठमाडौंको सुकेधारामा बसको ठक्करबाट घाइते भएकी एक छात्राको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा घर भएकी २१ वर्षीया सृष्टि पन्त रहेकी छन् । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दै थिइन् ।

पन्तलाई सडक पार गर्ने क्रममा भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसले आज बिहान पौने ६ बजे ठक्कर दिएको हो । ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ठक्करबाट गम्भीर घाइते भएका पन्तको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छात्राको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गर्दा आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । घटनापछि चाबहिल, सुकेधारा क्षेत्र तनावग्रस्त बनेको थियो ।