logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुटेन अझै कांग्रेसमा सहमति


अंकुरण खबर
1.43K
Shares

काठमाडौं – नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद समाधानका लागि एक सातादेखिको पहल अझै सफल हुन सकेको छैन ।

आन्तरिक विवाद समाधान गरेर पार्टी केन्द्रीय समिति बैठक सञ्चालन गर्न पार्टी उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच आइतबार भएको छलफल पनि निष्कर्षमा पुग्न सकेन ।

पूर्वमहामन्त्री सिहंको निवास चाक्सीबारीमा आइतबार भएको छलफलमा नेपाल विद्यार्थी संघको कार्यसमितिमा कसको भागमा के र कति पर्ने भन्ने विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।

संघको कार्यसमिति भागबन्डा विवादमै केही दिनदेखि समय बिताउँदै आएका कांग्रेसका दुबै पक्षीय नेताहरू आइतबार पनि सोही विषयमा अल्मलिएको छ ।