काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
सोमबार छापावाला सुन ३ सय रुपैयाँले बढेर ७१ हजार ९ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन तोलामा ७१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भइरहेको छ ।
चाँदी आज पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।