logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बाराको सिम्रौनगढमा आगलागी


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – बाराको सिम्रौनगढ नगरपालिका-११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ ।

चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठमा आगलागी भएको हो । आगलागीबाट करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ ।

आइतबार राति मालीको खपडाको छाना भएको घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल र ३ वटा भैंसी, ४ वटा बाख्रा समेत जलेको पीडितले बताएका छन् ।

सिमरौनगढ नगरपालिकाको दमकल, प्रहरी चौकी कचोर्वाका प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।