logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको अभियोगमा वडा सदस्य पक्राउ


अंकुरण खबर
819
Shares

भोजपुरको हतुवागढी गाउँपालिका-६ हुम्सुमा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा वडा सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राई  रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

गत मङ्सिर १५ गते पीडितले उक्त घट्ना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको हो । जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।