logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय कारमा ८० लाखको यार्सागुम्बा, नागढुंगाबाट ३ जना समातिए


अंकुरण खबर
3.159K
Shares

काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुङ्गामा चेकजाँचको क्रममा बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा निरन्तर निगरानीको परिणामस्वरूप महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको टोलीले ४.२४५ केजी यार्सागुम्बा (यार्सागुम्बाको मूल्य करिव ८० लाख) सहित ३ जनालाई पक्राउ गरेको हो ।

भारतीय UK 04 TB 1967 नम्बरको मारूती कारबाट सो यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक रहेका छन् ।

पक्राउ गरिएकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाडौँमा पठाईएको थानकोट प्रहरीले जनाएको छ ।