logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित   


अंकुरण खबर
3.198K
Shares

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलको अन्तरले पराजित गरेको हो ।

मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल  गरेका थिए । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेका  थिए ।

जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अंक जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ०लाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।