काठमाडौं – प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका श्री सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन।
आज सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापतिले थापालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन। साथै, उपरथी दर्जामा पदोन्नति भएका उपरथी थापालाई श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह९संयोजकको जिम्मेवारी दिईएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।