logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पीपीएल क्रिकेटः प्ले अफ पुग्न चितवनलाई हराउँनै पर्ने दबाबमा काठमाडौं


अंकुरण खबर
832
Shares

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा चितवन र काठमाडौंबीचको खेल बिहान ११:३० मा शुरु हुनेछ । प्ले अफमा स्थान बनाउन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पारस खड्काको नेतृत्वमा रहेको चितवनलाई हराउँनैपर्ने दबाब छ ।

चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ । चितवन भने यसअघि नै प्ले अफ पुगिसकेको छ ।

चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ ।